Friday, August 28, 2015

बैतडी जिल्लाको शिवलिंग 1 लुपुड मा भव्यताका साथ गौरा पर्व हुने

लुपुड को गौरा
बैतडी जिल्ला शिवलिंग  गा. बि. स. को वडा न. 1 लुपुड गाउमा अन्य सालहरु जस्तै यसपाली पनि गौरा पर्व बिशेस धुमधामका साथ मनाइने भएको छ | प्राचिन काल देखि नै यस क्षेत्रमा धुमधामका साथ गौरा पर्व मानिदै आइएको छ | भाद्र कृष्ण जन्माष्टमी का दिन को अघिल्लो दिन देखि शुरु हुने यो पर्व यसपाली भदौ १९ गते देखि शुरु हुदैछ र २१ गते समापन हुदै छ | चुवागढ़ क्षेत्रकै प्राथमिकता मा पर्ने यस ठाउँ को गौरा मेला मा    चुवागढ़ क्षेत्र कै ६-७ गा. बि. स. शिवलिंग, चौखाम, गांजरी, Dhungad, सिगाश, थालाकंडा, शंकरपुर, तथा आसपासका क्षेत्र बाट र बझांग का सुनकुडा, (चिर क्षेत्र) देउलेख क्षेत्रबाट पनि मेला भर्न आउने गर्दछन |  यस ठाउमा गौरा पर्व को साथ साथै तिन दिन सम्म श्री सिगाश निलपाल तथा उदयदेव देवता को बिशेस पुजाआजा गर्ने भएकोले पनि यस गौरा  पर्वको अन्य क्षेत्रको गौरा पर्व को भन्दा भिन्न विशेषता रही आएको छ |  उक्त गौर पर्व को अवशर मा पुरुषहरुले भगवानको ऐतिहासिक कथा मा आधारित "चैत" (धुमारी) गाउदै देउडा खेल खेल्ने र महिलाहरुले भगवान को भक्ति स्वरूप सगुन गाउने र स्थानीय पवित्र बोटबिरुवा जस्तो कुल्जो(गुर्जो), धान, सौं, बल, कुश, तिल, तथा तिलका बिबिध प्रजाति र अन्य यस्तै खाले बनस्पति बाट बनाइएको गौरा देवी को मुर्ति लाइ शिरमा राखी खेलाउने र खेल्ने / नाच्ने गर्दछन | यस क्षेत्र को गौरा पर्व लाइ ब्यबस्थित तरिकाले सम्पन्न गर्नकोलागि स्थानीय सामाजिक संगठन RAYS Nepal ले प्रहरी प्रशासन को सहयोग मा केहि बर्ष देखि स्वयमसेवक सदश्यहरु तथा ग्रामिण युवाहरुलाई परिचालन गर्दै आएको छ | जसका कारण यस्ता सार्बजनिक तथा सांस्कृतिक क्षेत्रहरुमा शान्ति सुरक्षा तथा शान्तपूर्ण बाताबरण मा मेला सम्पन्न हुदै आएको छ | 
      
       तपाई हरु पनि यसपाली हुने शिवलिंग 1 लुपुड को गौरा पर्वमा सहभागी भै भगवान श्री सिगाश निलपाल को आशिर्बाद लिन र गौरा पर्वको भरपुर मनोरंजन चाहनुहुन्छ भने आजै निर्णय गर्नुहोस को पक्कै सहभागी हुनेछु र भदौ १९ गते सो पवित्र स्थलमा उपस्थित हुनेछु भनेर | श्री सिगाश निलपाल देवताले तपाई हाम्रो रक्षा गरुन |


 श्री श्री सिगाश निलपाल जय: जय: जय:
केशब बहादुर बोहरा 

No comments:

Post a Comment